Comments Add Comment

संघीय संसदको गाडी खरिद अनियमितताबारे छानबिन समितिले प्रतिवेदन बुझायो

१७ भदौ, काठमाडौं । संघीय संसदको विभिन्न समितिका सभापतिका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।

राष्ट्रियसभाका सांसद रामनारायण बिडारी नेतृत्वको छानबिन समितिले सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाएको छ । गाडी खरिद प्रक्रिया, गाडीको पार्ट्समा भएको त्रुटि, गाडी उत्पादनको लट परिक्षणका सन्दर्भमा समितिले अध्ययन गरी प्रतिवेदनमा उल्लेख गरिएको समिति सदस्यले  बताएका छन् ।

समितिमा सांसदहरू कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल,  भरत कुमार शाह र तारादेवी भट्ट सदस्य रहेका छन् । संसदीय समितिका सभापतिहरुका लागि खरिद गरिएको गाडी केही दिनमा नै बिग्रिएपछि खरिदमा अनियमितता भएको आशंकामा छानबिन गर्न समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment