+
+
Shares

गौशालाको जंगलमा अन्तरजातीय जोडी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १५:१८

१७ भदौ, काठमाडौं । गौशालाको पशुपति भण्डारखाल जंगलमा एक अन्तरजातीय जोडी मृत भेटिएका छन् ।

एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी प्रदीपबहादुर सिंहले दुई जनाको शव भेटिएको पुष्टि गरे ।

‘दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको छ’, सिंहले अनलाइनखबरसँग भने, ‘घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन् ।’

तर, मृत्युकालीन घोषणा गरिएको भने भेटिएको छैन । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?