Comments Add Comment

सानिमा बैंक अमरसिंह शाखाले गर्‍यो ६ लाख आर्थिक सहयोग

३१ भदौ, काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ‘विद्यालय खाजा अभियान’ लाई रु. ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकाहरुलाई खाजा खुवाउदै आइरहेको छ ।

बालदिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकम हस्तान्तरण गरे ।
सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको बताए ।

बैंकका शाखा प्रबन्धक बिरेन्द्र लाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयको यस्तो महान सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशीव्यक्त गरे ।

सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत ७ बर्ष देखि सम्पुर्ण उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment