+
+

सहकारीको सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १२:५२
Photo Credit : सुनिल थापा र दानबहादुर थापा । तस्वीर : नेपाल प्रहरी

३१ भदौ, काठमाडौं । प्रहरीले सहकारीबाट सेफ नै चोरेर लगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर छन् ।

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुई जना दाजुभाइ हुन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उपत्यकका विभिन्न ठाउँका सहकारी र वित्तिय संस्थाको ढोका फोडेर सेफसहित नगद चोरी गरेको घटना प्रहरीकहाँ आएपछि निगरानी बढाइएको थियो ।

त्यसक्रममा २५ भदौमा पेप्सिकोला, टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर भएको चोरीमा दाजुभाइको संलग्नता देखिएको थापाले बताए ।

उनका अनुसार उक्त सहकारीबाट फलामको ८५ केजी बराबरको सेफ तथा त्यसमा रहेको ७ लाख ७९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो । उनीहरूले अन्य व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सरसामान पनि चोरी गरेको जनाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट चोरी गरी लगेको फलामको सेफ र फोड्न प्रयोग हुने रड, नगद ५३ हजार लगायत पनि बरामद गरेको छ । चोर्दा उनीहरुले लगाएको कपडा पनि बरामद भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?