+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एनआईसी एशियाका ग्राहकलाई सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा १५ प्रतिशत वा ५ सय रुपैयाँ छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १८:२९

७ असोज, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्युआरमार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक एपको क्युआर मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सकिनेछ ।

यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सेलवेज क्यास एण्ड क्यारी प्रा. लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गज्यूले हस्ताक्षर गरे ।

आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?