Comments Add Comment

सीको भ्रमण ऐतिहासिक बन्नेछ

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ आगामी शनिबार नेपाल भ्रमणमा आउँदैछन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रपति स्तरको भ्रमणलाई नेपाल सरकारले निकै महत्व दिएको छ ।

भ्रमण एतिहासिकरुपमा उपलब्धिपूर्ण हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई बताउँछन् । उनले दुई देशबीच पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने अनलाइनखबरलाई बताए । तर, ठोसरुपमा यो–यो सम्झौता हुन्छ भनेर चाहिँ आफूले भन्न नसक्ने उनको भनाइ छ । साथै, सुपुर्दगी सन्धी हुन सक्ने विषयमा पनि उनले अनभिज्ञता दर्शाएका छन् ।

सिको भ्रमणका सन्दर्भमा भट्टराईका चार तर्क जस्ताको त्यस्तैः

१. निसन्देह यो ऐतिहासिक भ्रमण हो । नेपालबाट नियमितरुपमा उच्च स्तरीय भ्रमणहरु भइरहेका थिए । तर, उताबाट त्यस्तो भइरहेको थिएन । त्यसैले यो भ्रमणले त्यो एकांकी अवस्थालाई चिरेको छ ।

२. चिनियाँ राष्ट्रपतिले २३ वर्ष अगाडि नेपाल भ्रमण गर्दाको चीन र अहिलेको चीनमा आकाश जमिन फरक छ । अहिलेको चीन भनेको विश्वकै एक महाशक्ति हो । आर्थिकरुपमा समृद्ध र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थिति जनाइरहेको चीनसँग नेपालले अधिकतम विश्वासको वातावरण बनाउनु निकै महत्वपूर्ण छ । यो भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझ उचाइ दिनेछ ।

यो पनि पढ्नुहोस नेकपा र चीनको सम्बन्ध भ्रातृत्वको हो, कांग्रेस आत्तिनु पर्दैन

३. विगतमा नेपाल र चीनका बीचमा ऐतिहासिक सन्धी–सम्झौताहरु भएका छन् । खासगरी सन् २०१६ मा प्रधानमन्त्री केपी ओलीको पालामा नै भएको पारवहन र यातायात सन्धी दुरगामी महत्वको छ । उक्त सन्धीको अन्तिम प्रोटोकलमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा हस्ताक्षर भइसकेको छ । अब यो सन्धीलाई व्यवहारिक कार्यान्वयनमा लैजाने कुरा आउँछ । त्यसका लागि चिनीयाँ राष्ट्रपतिको भ्रमणले ढोका खोल्नेछ ।

४. चीन र नेपालको सन्धी कार्यान्वयनका लागि महत्वपूर्ण विषय भनेको कनेक्टिभिटी हो । कनेन्टिभिटीका लागि पूर्वाधारहरुको निर्माण हाम्रो प्राथमिकतामा पर्छ । खासगरी दुई देशलाई रेल र सडक सञ्जालले सहजरुपमा जोड्ने कुराहरु छन् । उत्तरी क्षेत्रमा जति धेरै कनेक्टिभिटी बढायौं हाम्रो विकास उति धेरै सहज हुनेछ । त्यसैले सडक र रेलका विषयमा यो भ्रमणमा ठोस सम्झौता हुन सक्छ । यसबाहेक अरु पनि थुप्रै विषयहरु छलफलमा छन्, जुन म अहिले बताउन सक्दिनँ ।

५. चीनले नेपाललाई विगतदेखि नै साथ र सहयोग गर्दै आएको छ । हामीबीचको सम्वन्धमा खासै ठूला समस्याहरु छैनन् । तर, यो भ्रमणबाट नेपाल–चीन सम्वन्धले नयाँ उचाई लिने पक्का छ ।

यो पनि पढ्नुहोस सी जिनपिङको भ्रमणअघि चीनमा नेपाली सुरक्षा अधिकृतको रिहर्सल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment