Comments Add Comment

प्रभु बैंकका सेयरधनीलाई १६ प्रतिशत बोनस

२४ असोज, काठमाडौं । प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले अघिल्लो वर्षको भन्दा दोब्बर बढाएर १६ प्रतिशत बोनश सेयर दिने घोषणा गरेको हो ।

बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । प्रभु बैंकले गत वर्षको भन्दा दोब्बरले लाभांस बढाएको छ ।

बैंकको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई प्रभु बैंकले जानकारी समेत गराइसकेको छ ।

चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा १६ प्रतिशत बोनस सेयर दिए पछि १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment