
२४ असोज, काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घटनामा घाइते २३ जनालाई उद्दार गरेर काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको एमआई–१७ र अर्का एक निजी कम्पनीको हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई बताएअनुसार सेनाको हेलिकोप्टरबाट १३ जनालाई ल्याइएको छ भने निजी कम्पनीको हेलिकोप्टबार १० जनलाई ल्याइएको छ । उनीहरुलाई काठमाडौंको विभिन्न हस्पिटलमा भर्ना गरिएको पाण्डेले बताए ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ । करिब ४० जना घाइते छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको थियो । बसमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अस्पताल ल्याउँदा ल्याउँदै र अन्य ५ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4