News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश छ।
- बैंकले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट मितिदेखि असार मसान्तसम्मको अवधिको ८.२५ प्रतिशत लाभांश दिने जनाएको छ।
- सञ्चालक समिति बैठकले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।
१ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आज बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमध्ये बोनस सेयर १० प्रतिशत र नगद लाभांश करसहित १० प्रतिशत रहेको छ । वाणिज्य बैंकमध्ये सिद्धार्थको घोषित लाभांश सबैभन्दा धेरै हो । त्यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ ।
अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिको ८.२५ प्रतिशतका दरले लाभांश प्रदान गरिने बैंकले जनाएको छ । लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ७९ करोड रुपैयाँ बराबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4