Comments Add Comment

प्रहरी दिवसमा अधिकृत र जवान पुरस्कृत

२४ असोज, गुल्मी । नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा गुल्मीमा उत्कृष्ट कार्यसम्पादन गर्नेे ८ जना प्रहरी अधिकृत तथा जवान सम्मानित भएका छन् ।

पुरस्कृत हुनेहरुमा प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, प्रहरी सहायक निरीक्षक भेषबहादुर घम, प्रहरी हवल्दारहरु युवराज श्रेष्ठ, सुवास नेपाली, प्रहरी जवनाहरु, प्रमोदप्रसाद केवट, वीरेन्द्र श्रेष्ठ, कृष्ण नेपाली, कृष्ण रायमाझी, रवीन्द्र राना रहेका छन् ।

अनुशासित रुपमा रुपमा सवारी चलाउने तुल्सीराम पन्थी र तम्घामा नगद भेटाएर प्रहरीलाई दिने वालिका करुना श्रीपालीलाई पनि सम्मान गरिएको छ ।

शुक्रबार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले नगदले सम्मान गरेका थिए । दिवसको अबसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment