+
+
Shares

प्रहरीलाई प्रधानमन्त्रीले भने– पद र अनुहार नहेरी अनुसन्धान गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते १९:२१

२४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए ।

‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्‍यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’

यौन दुर्व्यवहार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार प्रधानमन्त्रीद्वारा व्यक्त भनाइ त्यसैतर्फ लक्षित रहेको ठानिएको छ ।

प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह गरे । दबावले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रिया अनुरूप अघि बढ्नुपर्ने मत प्रधानमन्त्री ओलीको छ ।

‘प्रहरीले कसैको दबाव मान्नु पर्दैन । हुँदैन । निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ ।’

देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतले पनि प्रहरी अनुसन्धान र यसका गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?