
२८ असोज, काठमाडौं । मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१५ बस्ने ४६ वर्षीय राजा साह पक्राउ परेका हुन् ।
साहलाई मोरङ जिल्ला अदालतले २०६८ मंशिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरबाट पक्राउ गरी मगलबार जिल्ला अदालत मोरङमा पेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4