+
+

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १७:१८

२९ असोज, काठमाडौं । कुवेतस्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वाषिर्कउत्सव तथा अधिवेशन साथै वृहत सांगीतिक धमाका २०१९ मासिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २०,२०१९ माब्वाईज स्काउट एसोसीएसन हलहवाली ,कुवेतमा कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको  थियो। जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित भएका दर्शकहरुमा लक्की ड्र सञ्चालन गरिएको थियो , जसको बिजेता जय बहादुर थापा भए ।

थापाले उपहार स्वरुप सामसुङको ३२”को टि.भी. प्राप्त गरे । सोही कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

नेपालका लागि सामसुङका उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसंग साझेदारी गरेको छ ।

सम्झैताअनुसार कतार ,साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।

यो इनिशिएसन जुलाई १,२०१९ बाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहीत गर्न यस्तो इनिशिएसन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?