Comments Add Comment

ध्वाँसेचितुवाको छाला र सालकको खपेटा सहित युवक पक्राउ

३० असोज, काठमाडौं । प्रहरीले ध्वासे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक युवकलाई पक्राउ गरेको छ ।

अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १३ का २१ वर्षका रोशन राना मगरलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनले बिक्री गर्ने उद्देश्यले साथमा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनको साथबाट ध्वासे चितुवाको एक थान छाला र ४ किलोग्राम सालकको खपटा बरामद गरेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment