Comments Add Comment

शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी छन् ।

राष्ट्रपति म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकप्टरमार्फत विमानस्थल पुगेकी हुन् । यसअघि सडकमार्ग भएर जाँदा सवारीका क्रममा सडक खाली गराउने गरिन्थ्यो । तर कार्यालय समयमा यसो गर्दा धेरे जाम हुने गरेको भन्दै निकै आलोचना पनि हुन थालेको थियो ।

भीभीआईपीहरूका लागि भन्दै हालै मात्र नयाँ हेलिकप्टर किनिएको थियो । बुधबार त्यही हेलिकोपटर प्रयोग गरिएको बताइएको छ ।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मिन्ट र म्यानमारका स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो भ्रमणपछि राष्ट्रपति भण्डारी सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन म्यानबारबाटै जापान प्रस्थान गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरे ।

राष्ट्रपति भण्डारी आगामी कार्तिक ६ गते बुधबार बेलुका स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment