+
+
Shares

१३ हजार घुससहित असई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १८:१९

३० असोज, काठमाडौं । अख्यितयारले घुससहित एक जना प्रहरी सहायक (असई)लाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत असई बृजेशप्रसाद चोधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीलाई कार्यालय परिसरबाटै १३ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

उनले भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीबाट घुस लिएको अख्तियारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?