+
+
Shares

संविधान संशोधनबारे पूर्णबहादुरले गरे दुई आयोगको प्रस्ताव

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २०:२४

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् । संविधान दिवसमा अवसरमा शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले संविधान संशोधनको बाटोमा एकताबद्ध भएर इमानदार ढंगले अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

त्यसका लागि पहिले निश्चित समय दिएर संयुक्त संघीय संसद्बाट शुद्ध रूपमा विषयविज्ञ सम्मिलित एक उच्चस्तरीय आयोग बनाउनुपर्ने र त्यसले संविधान कार्यान्वयनको समीक्षा प्रतिवेदन तयार गर्नुपर्ने खड्काले पहिलो प्रस्ताव राखेका छन् ।

त्यो आयोगबाट प्राप्त समीक्षा प्रतिवेदनलाई आधार बनाएर संयुक्त संघीय संसद्को निर्णयबाट संविधानविद् पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा निश्चित समय दिएर विषय विज्ञसम्मिलित संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्ने उनले अर्को प्रस्ताव गरेका छन् ।

‘आयोगको प्रतिवेदनको आधारमा राष्ट्रिय एकताको जगमा यसरी संशोधन गरिने संशोधनमार्फत संविधानलाई समृद्ध बनाई यस प्रति सबैको स्वामित्व र अनपत्व हुने परिवेशको निर्माण गर्न सम्भव हुनसक्छ,’ खड्काले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?