
३० असोज, काठमाडौं । गैरआवासीय नेपाली सघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।
बिहीबार बिहान १० बजेदेखि शुरु भएको मतदान बिभिन्न विवादकाबीच साँझ ६ बजे सकिएको हो ।
महासचिवका उम्मेदवार जानकी गुरुङका अनुसार २ हजार ३४१ मत खसेको छ । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेकोछ ।
निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।
अध्यक्षमा जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य उम्मेदवार छन् । महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माको उम्मेदवारी छन् ।
निर्वाचनबाट दुई वर्षका लागि बिभिन्न १२ पदमा ४२ सदस्यीय कार्यसमिति चयन हुनेछ । मध्यपूर्वका संयोजक र २ उपसंयोजक भने निर्बिरोध भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4