+
+
Shares

तीनकुनेको दुबो चोरियो, प्रहरीको पहरा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते २२:५४

२९ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा तीनकुनेमा रोपिएको दुबो चोरी भएको छ ।

केही ठाउँमा राखिएका दुबोका चपरी हराएको  काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार दुबो हराउन थालेपछि महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध गरेको छ ।

यसअनुसार अहिले सशस्त्र प्रहरीले दुबो रोपिएका क्षेत्रमा रेखदेख गरिरहेको श्रेष्ठले बताए ।

सिनामंगलस्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणका सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । गणका जुनियर अधिकृतको नेतृत्वमा दुई दर्जनबढी सुरक्षाकर्मीले पहरा दिएका छन् ।

चिनियाँ राष्ट्रपति आउँदा तीनकुने पार्कमा तीनतर्फ डिल बनाएर त्यसमाथि फूल, विरुवा र दुबो रोपिएको थियो ।

दुबो र विरुवालाई मर्न नदिन दैनिक दुई पटक विहान र बेलुका पानी हाल्ने गरिएको महानगरपालिकाले जनाएको छ । अब तीनकुने पार्कभित्र पनि व्यवस्थित पार्क बनाउने योजना महानगरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?