
२४ असोज, काठमाडौं । हिजोआज सरकार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणको तयारीमा छ । शनिबार नेपाल आउने सी हिँड्ने सडक वरपर र त्रिभुवन विमानस्थल सजावट र रंगरोगन गरेर चिटिक्क पारिएको छ ।
त्रिभुवन विमानस्थलबाट सी बस्ने होटल सोल्टी जाने बाटोमा पर्ने तीनकुनेमा पार्क बनाइएको छ । सडकतर्फ माटोको अग्लो ढिस्को बनाएर भित्री क्षेत्र छेकिने बनाइएको छ, जहाँ दुबो र बोटविरुवा सारेर पार्क बनाइएको छ ।
त्यहाँ सेल्फी खिच्न मिल्ने भनी सूचनासमेत राखिएको छ । शुक्रबार दिउँसो पुग्दा त्यहाँ केही सर्वसाधारण सेल्फी खिच्न व्यस्त थिए ।
हेर्नुस् केही तस्वीर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4