News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार र यसको नेतृत्वलाई जनताका उच्च अपेक्षाप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका छन्।
- डा. भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वलाई जनताका अपेक्षाहरू पूरा गर्न जरुरी रहेको उल्लेख गरेका छन्।
- उनीले नयाँ सरकारको मूल नेतृत्वलाई अग्रजहरूको योगदान र इतिहासको जग नभुल्न महान् वैज्ञानिक न्युटनको भनाइ स्मरण गराएका छन् ।
३१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र यसको नेतृत्वलाई जनताका उच्च अपेक्षाहरूप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डा. भट्टराईले गाउँको कुनाबाट हेर्दा पनि नयाँ सरकारप्रति जनताको निकै ठूलो अपेक्षा रहेको देखिएको बताएका हुन्। उनी अहिले आफ्नो गृहजिल्ला गोरखाको गाउँमा छन् ।
भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई लक्षित गर्दै सम्बन्धित सबैको ध्यान जनताका ती अपेक्षाहरू पूरा गर्नेतर्फ पुग्न जरुरी रहेको उल्लेख गरेका छन्।
‘नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्! मैले अहिले गाउँको कुनाबाट चिहाएर हेर्दा पनि त्यस्तै देखिरहेको छु। सम्बन्धित सबैको ध्यान पुगोस्!,’ डा. भट्टराईले आफ्नो स्टाटसमा लेखेका छन्।
साथै, उनले नयाँ सरकारको मूल नेतृत्वलाई अग्रजहरूको योगदान र इतिहासको जगलाई नभुल्न प्रतीकात्मक सन्देशसमेत दिएका छन्। त्यसका लागि उनले महान् वैज्ञानिक आइज्याक न्युटनको चर्चित भनाइ स्मरण गराएका छन्।
नेतृत्वलाई सचेत गराउँदै उनले लेखेका छन्, ‘अनि मूल नेतृत्वले महान् वैज्ञानिक न्युटनको यो चर्चित भनाइ निरन्तर स्मरण गरोस्: मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु ।’
प्रतिक्रिया 4