+
+
Shares

प्रतिनिधिसभामा आज ६ कार्यसूची, प्रधानमन्त्रीको जवाफ अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ जसमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति प्रस्तुत गरिएको थियो।
  • प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने कार्यसूची छ तर उहाँको उपस्थितिको सुनिश्चितता छैन।
  • बैठकमा वार्षिक नीति माथि संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गर्ने कार्यसूची छन्।

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ ।

‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’ दोस्रो कार्यसूची छ ।

तर, प्रधानमन्त्री शाह जवाफका लागि संसद्मा उपस्थित हुने सुनिश्चितता नरहेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।

प्रधानमन्त्रीले अर्को मन्त्रीलाई समेत जवाफ दिन पठाउन सक्दछन् । यही अधिकार प्रयोग गरेर उनी बुधबार प्रतिनिधिसभाको बैठकमा गएका थिएनन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भनेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

तेस्रो कार्यसूचीमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।

सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने चौथो कार्यसूची छ ।

पाँचौं कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने रहेको छ ।

जस अन्तर्गत भनिएको छ, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।’

छैठौं कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?