+
+
Shares

सरकारको कार्यसूची- पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाह नेतृत्वको सरकारले सरकारी सेवा घरमै उपलब्ध गराउने गरी शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको छ।
  • सरकारले पासपोर्ट, नागरिकता, लाइसेन्स लगायतका सेवा घरमै पुर्‍याउने व्यवस्था आगामी सय दिनभित्र लागू गर्ने उल्लेख गरेको छ।
  • शासकीय सुधार कार्यसूचीमा सेवा प्रक्रियालाई मुहारविहीन, समयवद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना समावेश छ।

१४ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले सरकारी सेवा घरमै उपलब्ध गराउनेगरी आफ्नो शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको शासकीय सुधारको कार्यसूची शनिबार साँझ सरकारले सार्वजनिक गरेको छ ।

जसमा पासपोर्ट, नागरिकत, लाइसेन्स लगायतका सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गर्ने उल्लेख छ ।

उक्त व्यवस्था आगामी सय दिनभित्र लागू गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी “Government Courier Service” का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुरÞ्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने,’ शासकीय सुधारका कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, यी सेवाहरू नागरिकलाई छिटो, सहज र बिचौलिया–मुक्त तरिकाले पूर्वानुमानयोग्य समय (Predictable Time) मा उपलब्ध गराउने व्यवस्था लागू गर्ने पनि विषय उल्लेख छ ।

साथै, सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन र समयवद्ध (faceless, time– bound) र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने पनि सरकारको कार्यसूचीमा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?