+
+
Shares

तत्काल सभामुख चयनको सम्भावना छैन : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १५:३४

३ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।

प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीकाटिप्पणी गरिरहने नमिल्ने उनले बताए ।

यौन दूराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि बताए ।

सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको भनाइ छ । ‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक÷फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’ प्रमुख सचेतक गुरुङले भने, ‘यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’

प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?