Comments Add Comment

उपनिर्वाचनको तयारीप्रति प्रधानमन्त्री ओली सन्तुष्ट

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गरेको तयारीप्रति सन्तुष्टि जनाएका छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि आयोगबाट भइरहेको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह उपनिर्वाचन व्यवस्थापनको तयारीका विषयमा आयोगले गरेको तयारीबारेमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतको टोलीसँग आइतबार जानकारी लिएको उनले बताए ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन सम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, निर्वाचन चिन्ह, मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन, संविधानको धारा, २७१ बमोजिम दल दर्ता, उपनिर्वाचनका लागि आवश्यक ऐन, नियम, कार्यविधि, निर्देशिका लगायत सम्पूर्ण तयारीबारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment