Comments Add Comment

नेपाल-चीन समझदारी संविधान विपरीत : बालकृष्ण खाँण

४ कात्तिक, बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल र चीनबीभ भएको सहमति र समझदारी संविधान विपरीत भएको दावी गरेका छन् ।

खाँणले चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई देशीय सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको टिप्पणी गरे ।

चीनका राष्ट्रपति सी कार्यकारी र नेपालकी राष्ट्रपति भण्डारी सेरेमोनियल भएका कारण दुई राष्ट्रपति बीचको सहमति तथा समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक हुने उनको तर्क छ ।

नेपालको संविधानले नेपाल सरकारलाई कार्यकारी जिम्मेवारी प्रदान गरेकाले सरकारको तर्फबाट सेरेमोनियल राष्ट्रपतिले सहमति समझदारी पत्रमा हस्ताक्षर गर्न नमिल्ने र त्यो संबिधान विपरी भएको उनले दावी गरे ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका-११ ले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खाँणले भने, ‘चीनसँग मैत्रिपूर्ण सम्बन्ध रहे पनि पछिल्लो समय चीनले नेपालमा चिनियाँ कम्युनिस्ट शासन व्यबस्था सञ्चालन गर्न खोजेकोप्रति असहमति छ ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले चिनियाँ राष्ट्रपतिसँग नेपालका प्रधामन्त्रीले सहमति तथा सम्झौतामा हस्ताक्षर गरेको भए मात्रै संवैधानिक मान्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment