+
+
Shares

डेटिङमा सोध्न नहुने प्रश्नहरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १०:४७

हिजोआज डेटिङ जानु सामान्य कुरा भएको छ । कुनै आकर्षक व्यक्तित्व भएको पुरुषसँग तपाईंको भेट भयो र यदि उसले तपाइर्ंलाई डेटिङको प्रस्ताव राख्यो भने तपाईंं त्यसलाई नकार्न सक्नुहुन्न । तपाईंं ती पुरुषसँग भेट्न जान उत्साहित बन्नुहुन्छ र कुन लुगा लगाउने, मेकअप कस्तो गर्ने र के गरगहना लगाउने भन्ने अनेक कुरा सोच्न थाल्नुहुन्छ ।

डेटिङ  जाँदा तपाईंको आउट लुक राम्रो हुन पनि आवश्यक छ । किनभने राम्रो आउटलुकले नै तपाईंको व्यक्तित्व झल्काउँछ । आउटफिटभन्दा पनि आवश्यक कुरा हो तपाईंंको प्रस्तुति । तपाईंं डेटिङमा जाँदा सुन्दर भएर त जानु नै हुन्छ । त्यसले तपाईंको व्यक्तित्व राम्रो बनाउन सहयोग पुर्‍याउँछ । तर, डेटिङको क्रममा गरिने कुराकानी कुनै बिषयको बारेमा बोल्नु र  बोल्ने शैलीमा धेरै ध्यान दिनुपर्छ ।

यदि यो डेटिङको पहिलो डेटिङ हो भने आफ्नो बोल्ने शैलीका कारण बनिसकेको कुरा बिग्रियोस् भन्ने त चाहानुहुन्न अथवा तपाईंंको कुराकानी गर्ने शैलीबाट उसले तपाईंंको बारमा गलत धारणा बनाओस् र यो  अन्तिम डेट होस् भन्ने पनि चाहानुहुन्न । यदि तपाईं आफ्नो पहिलो डेट राम्रो होस् भन्ने चाहनुहुन्छ भने के बोल्ने, कति बोल्ने र कुन-कुन प्रश्नहरु सोध्ने, जुन  आफ्नो फस्ट डेटमा सोध्नुहुन्न भन्ने कुरा थाहा पाउनु आवश्यक छ ।

के तपाईंंले अरु कसैसँग पनि डेट गर्नुभएको छ ?

यदि तपाईंं सिरियस रिलेशनसिप चाहनुहुन्छ भने यो कुरा थाहा पाउनु अति नै आवश्यक छ । तर, पहिलो डेटमा नै यो प्रश्न सोध्नु गलत कुरा हो ।

अहिले तपाईं एक-अर्काको लागि अन्जान हुनुहुन्छ । पहिलो डेट तपाईंंको लागि पहिलो पाइला हो । त्यसैले एक-अर्काको बारेमा स- साना कुराहरु थाहा पाउनुपर्छ । मनपर्ने र मन नपर्ने कुराहरु थाहा पाउनुपर्छ । त्यस्तै ऊ कस्तो व्यक्ति हो जान्ने कोसिस गर्नुपर्छ । तर, आवश्यकभन्दा बढी प्रश्न सोध्नु अथवा चाहिनेभन्दा बढी नजिकिनु भनेको इरिटेट गर्नु जस्तै हो ।

तपाईको तलब कति छ ?

एउटा व्यक्तिलाई उसको कमाई सोध्नु भनेको अति नै गोप्य र संवेदनशीलताको बारेमा प्रश्न सोध्नु बराबर हो । जसरी एउटा युवतीलाई उनको उमेर सोध्नु हुँदैन । त्यसैगरी एउटा युवकलाई उसको कमाईको बारेमा सोध्नु हुँदैन भन्ने धारण पहिलाबाट नै चलिआएको छ ।

पहिलो डेटमा नै पुरुषको कमाई सोध्नु हुँदैन । यसको जवाफ कतिले त राम्रोसँग दिन्छन् भने कतिले यसलाई अन्य अर्थमा लिने गर्छन् । तर, एउटा युवकलाई कति कमाइ छ भन्ने प्रश्नले मनमा चसक्क छुन सक्छ । यस्तो प्रश्नले उसको आत्म सम्मानमा ठेस पुग्न सक्छ ।

के सिरियस रिलेशनसिपमा विश्वास गर्नुहुन्छ ?

जिन्दगीमा सिरियस हुनु, सम्बन्धलाई गम्भीरताका साथ निभाउनु अति नै आवश्यक छ । आफूले रोजेको व्यक्ति नै आफ्नो जीवनसाथी होस् भन्ने चाहना राख्नु कुनै गतल कुरा होइन । तर, पहिलो डेटमा नै आफू जस्तै ऊ पनि यो सम्बन्धप्रति गम्भीर छ कि छैन भन्ने थाहा पाउन खोज्नु गलत हो । डेटिङप्रति पुरुषहरु त्यति गम्भीर हुँदैनन् ।

तर, पनि तपाईं पहिलो डेटमा नै आफ्नो सम्बन्धमा गम्भीर होस् भन्ने चाहनुहुन्छ भने यो गलत कुरा हो । उसलाई बिस्तारै-बिस्तारै बुझ्नु, जान्नुपर्छ । जसले तपाइर्ंलाई यो प्रश्न सोध्नुपर्छ भन्ने आवश्यकता नै महसुस हुँदैन ।

छिट्टै विवाहको योजना बनाउने सोच्दै हुनुहुन्छ ?

यदि तपाइर्ंले सोधेको प्रश्नको जवाफ उसले सिधा-सिधा दिएन भने तपाईंं के गर्नुहुन्छ, डेटिङ छोडेर हिँड्नुहुन्छ ? वास्तवमा विवाह एउटा जीवनभरीको निर्णय हो । पहिलो डेटमा त कसैले पनि विवाहको बारेमा सोच्दा पनि सोच्दैन ।

यदि तपाईंंलाई आफूले डेट गरेको पुरुष मन परेको छ र आफ्नो लागि उपयुक्त वर लाग्छ । आफ्नो पहिलो डेटलाई विवाहसम्म पुर्‍याउने बारेमा सोच्नुभएको छ भने त्यो छुट्टै कुरा हो । यसको लागि तपाईंले एक-अर्कालाई बुझ्न र एक-अर्कासँग जिन्दगी बिताउन सक्नुहुन्छ हुँदैन भन्ने बारेमा थाहा पाउन केही समय लाग्छ ।

 बच्चा मन पर्छ कि पर्दैन ?

करियर ओरेयन्टेड युवतीहरु विवाहको कल्पना गर्ना साथ बच्चाको बारेमा सोच्न थाल्छन् । यदि तपाईंंले पहिलो डेटमा नै बच्चाको कुरा गर्नुभयो भने उसलाई तपाइर्ंलाई छोडेर भाग्न मन लाग्छ । पहिलो डेटमा ऊ सामान्य, रोमान्टिक कुराहरुको कल्पना गर्दै तपाईंंसँग भेट्न आएको हुन्छ ।

तर, तपाईंं उ आफू जस्तै छ कि छैन भन्ने कुरा थाहा पाउन खोज्नुहुन्छ, जुन गलत हो । जिन्दगीको बारेमा कुरा गर्नुपर्छ, फिल्म, फेसन, मौसम, करियरका बारेमा कुरा गर्नुपर्छ । तर, बच्चाको बारेमा कुरा गर्नु हुँदैन ।

के तपाईंले कसैसँग शारीरिक सम्बन्ध राख्नुभएको थियो ?

यदि तपाइर्ं अति नै मोर्डन, बोल्ड युवती हुनुहुन्छ । जसको लागि लभ, सेक्स भनेको सामान्य कुरा हुन्छ । तपाईंं डेटमा गएको युवक पनि विदेशबाट फर्केको छ भने पनि पहिलो भेटमा नै यस्ता व्यक्तिगत, अन्तरंग प्रश्न सोध्नु हुँदैन ।

पहिलो भेटमा नै अरुको नित्तान्त निजी कुरा थाहा पाउने अधिकार नै तपाईंंसँग हुँदैन । त्यसो त सेक्सको कुरा अति नै निजी विषय हो । यदि तपाईंंलाई पनि उसले त्यही प्रश्न सोध्यो भने तपाइर्ं के गर्नुहुन्छ ?

हामी फेरि कहिले भेट्ने ?

यदि तपाईंको पार्टनरलाई तपाइर्ंसँग पुनः भेट्न मन लाग्यो भने उसले तपाईंंलाई कल गरेर फेरि भेट्न बोलाउँछ । पहिलो भेटमा नै आत्तिएर कहिले भेट्ने भन्ने प्रश्न सोध्नु आवश्यक छैन । के तपाइर्ं पुनः उसँग भेट्न चाहनु हुन्छ ? भन्ने प्रश्न स्वयं आफूलाई सोध्नुपर्छ । यदि तपाईंंको मनले सकारात्मक जवाफ दिन्छ भने पहिलो डेट अनुभव कस्तो भयो भन्ने आँकलन गर्नुपर्छ ।

तपाईंंलाई म राम्रो लाग्छ ?

यदि तपाइर्ंलाई पहिलो डेटमा आफूले खोजेको व्यक्ति भेटेको अनुभव हुन्छ वा तपाईंंलाई आफ्नो सपनाको राजकुमार यही हो भन्ने लाग्छ भने पनि धैर्य भएर उसले कस्तो प्रकारको जवाफ दिन्छ भन्ने प्रतीक्षा गर्नुपर्छ । के तपाईं पनि उसको सपनाको राजकुमारी हो ? यस्ता कुरा थाहा पाएर मात्र अगाडि बढ्नुपर्छ । उसको मनको कुरा बुझेर मात्र तपाईंंलाई उसले मन पराउँछ कि पराउँदैन भन्ने प्रश्न सोध्नुपर्छ ।

पहिलो डेटमा नै हरेक कुराको निर्णय लिनु गलत कुरा हो । कुनै पनि निर्णय लिनु अगाडि केही भेटघाटको प्रतीक्षा गर्नुपर्छ । भनिन्छ, प्रतिक्षाको फल मिठो हुन्छ । डेटिङको क्रममा के गर्ने, कसरी गर्ने भन्ने कुराको निर्णय तपाईं स्वयंले लिने हो । आफूमा परिपक्वता आएपछि मात्र डेटिङको लागि अगाडि बढ्नुपर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?