Comments Add Comment

र्‍यापर भिटेन पक्राउ, अभद्र व्यवहारको मुद्दा

७ कात्तिक, काठमाडौं । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

वास्तविक नाम समीर घिसिङले ‘गरिबी … गीतबाट र्‍याप यात्रा थालेका थिए । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो ।

त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

भिनेट पक्राउलाई लिएर पक्षविक्षमा टिप्पणीहरु आइरहेका छन् । कतिपयले यसलाई अभिव्यक्ति स्वतन्त्रतामापथिकै प्रहार भनेका छन् भने कतिपयले अश्लीलता फैलाउनेहरुलाई रोक्न चालिउको जायज कदम ।

के भन्छन् सरकारका प्रवक्ता ?

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको बचाउ गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटालाई थापा र भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए ।जवाफमा उनले परिवारसँग बसेर तीनले गाएको गीत सुन्ने समर्थन राख्नुहुन्छ ? भनेर प्रतिप्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment