Comments Add Comment

कास्की २ मा नेकपाको उम्मेदवार सूचीमा दुई नाम थपियो

११ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि थप दुई उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीले विद्या भट्टराईको नाम पत्र पठाएको थियो । भट्टराई १५ फागुनमा हेलिकोप्टर दुर्घनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् र, उनी यही क्षेत्रबाट तीन पटक सांसदमा निर्वाचित भएका थिए ।

नेकपा केन्द्रले उम्मेदवारको नाम सिफारिस गर्न भनेको थियो । र, कास्की कमिटीले भट्टराईको मात्र नाम सिफारिस गरेको थियो । उम्मेदवार बन्न थुप्रै नेता इच्छुक देखिएपनि जिल्ला कमिटीले सर्वसम्मत रुपमा भट्टराईको नाम पठायो ।

तर नेकपाको गण्डकी प्रदेश कमिटीले उम्मेदवारको सूचीमा भट्टराईसँगै थप दुई जनाको नाम थप गरेको छ । ९ कात्तिकमा बसेको प्रदेश कमिटीको बैठकले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थप गरेर केन्ऽमा पठाएको हो ।

केन्द्रले तीन जनाको नाम पठाउने भनेकाले दुई जनाको नाम थपिएको एक पदाधिकारीले बताए । स्रोतका अनुसार भट्टराईको नाम पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा प्यासी र तेस्रो नम्बरमा गुरुङको नाम छ । प्यासी समानुपातिकको सूचीमा थिए भने गुरुङ प्रदेशसभा चुनावमा पराजित उम्मेदवार हुन् ।

कास्की २ मा १४ मंसिरमा उपचुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment