Comments Add Comment

सिद्धार्थ ग्रुपले सुरु गर्‍यो सौराहमा रिर्सोट

१६ कात्तिक, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवनको सौराहमा पनि सेवा सुरु गरेको छ ।

सिद्धार्थ गु्रपले सौराहमा सञ्चालनमा रहेको सेन्टर पार्क रिर्सोटसँग व्यवसायिक साझेदारी गरी सेवा सुरु गरेको हो । करिब २ विद्या क्षेत्रफलमा रहेको रिर्सोटमा ४७ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, गार्डेन, सेमिनारका लागि २ वटा हलहरु रहेका छन् ।

रिर्साेटले पर्यटहकहरुका लागि जंगल सफारी, सांगेतिक कार्यक्रममार्फत सेवा मनोरञ्जलगायतका सेवाहरु प्रदान गर्ने सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सहित चितवनको चुम्लिङटार, सुर्खेत र कर्णाली चिसापानीमा रिर्सोटहरु सञ्चालन गर्दै आएको छ ।

सिद्धार्थ गु्रपको महेन्द्रनगर, टीकापुर , नेपालगन्ज, बुटबल र काठमाडौंमा सुबिधा सम्पन्न होटेल , रेष्टुरेन्ट , क्याफे गरी २३ वटा आउटलेटहरु सञ्चालनमा छन् ।

होटेल, रिसोट, रेष्टुरेन्टमार्फत हस्पिटालिटी व्यवसाय सञ्चालन गर्दै आएको सिद्धार्थ गु्रपले भैरहवामा ठूलो लगानीमा पाँचतारे होटेल निर्माण गर्दै छ ।

सिद्धार्थ गु्रपले हस्पिटालिटी व्यवसायलाई देशैभर विस्तार गर्ने तयारी गरि रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment