Comments Add Comment

गण्डकी प्रदेशमा एक महिनामा आए साढे २४ हजार पर्यटक

२० कात्तिक, काठमाडौं । मुख्य पर्यटकीय शहर रहेको गण्डकी प्रदेशमा एक महिनाभित्र साढे २४ हजार पर्यटक पुगेका छन् । बुधबार सार्वजनिक तथ्यांक अनुसार अक्टोबर महिनामा २४ हजार ४ सय ७७ जना पर्यटक गण्डकी प्रदेशको भ्रमणमा पुगेका हुन् ।

प्रदेश सरकार र पर्यटन बोर्डले संयुक्त रुपमा गत अगष्टबाट तथ्यांक सार्वजनिक गर्न थालेका हुन् । गण्डकी प्रदेशमा कास्की जिल्लास्थित पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीमा संकलित विदेशी पर्यटकको तथ्यांकलाई आधार मान्ने गरिएको छ ।

तथ्यांक अनुसार एक महिनामा ६ हजार ७ सय १५ भारतीय यस प्रदेशको भ्रमणमा पुगेका छन् भने अन्य विदेशी तेस्रो मुलुकका हुन् । भारतीय नागरिक सबैभन्दा धेरै स्थलमार्ग भएर प्रदेशमा छिर्ने गरेका छन् । एक महिनाको अवधिमा १ हजार ६ सय ५२ जना भारतीय मात्र विमानस्थल प्रयोग गरी पोखरा पुगेका छन् ।

सेप्टेम्बर महिनाको तुलनामा अक्टोवरमा ३३.३३ प्रतिशतले पर्यटक आगमन बढेको छ । सेप्टेम्बरमा १८ हजार ३ सय ५१ जना पर्यटक नेपाल आएका थिए । सेप्टेम्बर–डिसेम्बर सबैभन्दा व्यस्त पर्यटकीय सिजन मानिन्छ । यस महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थल र ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment