Comments Add Comment

दाङमा ‘बुद्ध-सरयू चलचित्र महोत्सव’ हुने

२२ कात्तिक, घोराही । दाङमा बुद्ध-सरयू राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । पहल नेपालको आयोजनामा आगामी पुस ११, १२ र १३ गते चलचित्र महोत्सव हुन लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्‍याउने र नेपाली लोककला, रितीरिवाज, गाथा र मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जागरण पैदा गर्ने उद्देश्यले महोत्सव गर्न थालिएको संयोजक केएल पीडितले जानकारी दिए ।

महोत्सवमा कला क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई राष्ट्रिय साधना सम्मान पनि प्रदान गर्ने कार्यक्रम छ ।

सरयू दाङको एक प्रमुख नदी बबईको पुरानो नाम हो । बबई र प्रदेश ५ मा पर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर कार्यक्रमको नाम ‘बुद्ध-सरयू राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको संयोजक पीडितले बताए ।

महोत्सव सफल बनाउन केएल पीडितको संयोजकत्वमा गठित मूल आयोग समितिमा महेन्द्र बुढाथोकी, कल्पना आचार्य, छविलाल कोपिला, पाण्डव शर्मा, गिरबहादुर केसी छन् ।

यसैगरी गणेश ओली, केशरमान बुढाथोकी, जंग रोका, दशरथ घिमिरे, देवीराम कुसारी, इन्द्र डिसी, ज्वाला खतिवडा, सन्दीप भुसाल, देवका पौडेल, अञ्जली न्यौपाने र अञ्जना कुँवर पनि मूल आयोजक समितिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment