+
+

‘झींगे दाउ’मा कुशलको प्रवेश, आँचलसँग रोमान्स गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते ११:३७

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ । यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।

साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रका लागि कलाकारहरुमा मुकुन भुषाल, केकी अधिकारी र आँचल शर्मा फाइनल भैसकेका छन् ।

अब, नव–नायकको रुपमा निर्माण यूनिटले कुशल बिष्टलाई अनुवन्धित गरेको छ । चलचित्रमा उनी नायिका आँचल शर्माको जोडीको रुपमा देखिने भएका छन् । खोटांगको हलेसीबाट यो चलचित्रको छायांकन सुरु हुने निर्देशक देउजाले जानकारी दिए ।

चलचित्रको दोश्रो सेड्यूल भने भकुण्डेबेसीमा निर्माण भएको भिन्न भिन्न सेटमा गरिनेछ । चलचित्रमा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, प्रदिप भारद्धाजको पटकथा तथा संवाद रहनेछ ।

चलचित्रको छायांकन सुरु नहुँदा यसको निर्माण नै नहुने हो कि भन्ने अन्यौलता समेत बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?