Comments Add Comment

४० वटा गाई र बाच्छा प्रहरी नियन्त्रणमा

१ मंसिर, वीरगञ्ज । बाराबाट प्रहरीले ४० वटा गाई र बाच्छा नियन्त्रणमा लिएको छ । फेटा गाउँपालिका वडा नं ६ स्थित इनर्वाही टोलस्थित सडक-खण्डबाट सो संख्याको गाई र बाच्छा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान प्रहरी चौकी मटिअर्वा र अस्थायी प्रहरी पोष्ट जोतपुरको टोलीले नेपालबाट भारतर्फ अवैध रुपमा लैजान लागेको अवस्थामा ३६ वटा गाई र ४ वटा बाच्छा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वेवारिसे अवस्थामा फेला पारिएको गाई र बाच्छालाई वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाइएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment