Comments Add Comment

पर्सामा बाख्रापालक किसानको गोठमा आगलागी, १५ लाखको क्षति

१ मंसिर, वीरगञ्ज । पर्सामा एक जना बाख्रापालक किसानको गोठमा आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको छ ।

पटेर्वासुगौली गाँउपालिका-१ रामभवरे बस्ने ईदु मियाँ धुनियाको बाख्रा पाल्ने गोठमा आइतबार बिहान साढे १ बजे आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठमा रहेका ५४ वटा बोका, बाख्रा, पाठा र पाठी जलेर मरेका छन् ।

आगलागीबाट उन्नत जातका २ वटा बोका, १५ वटा पाठी र  ८ वटा पाठा जलेर मरेका छन् । यस्तै साना जातका बाख्राको ११ वटा पाठी र १८ वटा पाठा जलेर मरेका छन् ।

आगलागीबाट धनियाले पालेका ५० वटा परेवा पनि जलेर मर्नुका साथै फार्ममा रहेका ३ वटा पंखासमेत जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।

लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की गोठमा आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment