Comments Add Comment
इमर्जिङ टिम्स एसिया कप :

शरद चम्किँदा नेपालको पहिलो जित, हार्‍यो हङकङ

३० कात्तिक, काठमाडौं । हङकङलाई हराउँदै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पहिलो जित हात पारेको छ ।

शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको हो ।

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङले ४५.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाउन सक्यो । नेपालको सुरुवात खराब थियो । ४७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । तर किन्चित शाह र आरोन मोहम्मद अर्सदले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै पारी उकाले ।

साह ५३ र अर्सद २६ रनमा आउट भए ।

तर अन्तिम विकेटका लागि इशान नवाज र रौनक कपुरले ४२ रनको साझेदारी गर्दै टिमलाई फराकिलो हारबाट जोगाए । तर हार नै टार्न भने सकेनन् ।

नवाज ४४ रनमा अविजित रहे ।

नेपालका लागि अविनाश बोहोरा र करण केसीले ३/३ विकेट लिँदा सुसन भारीको नाममा २ विकेट रहृयो ।

शरद भेषावकरको उत्कृष्ट पारी

यसअघि ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन बनाएको थियो ।

नेपालको सुरुवात भने निकै खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल फेरि एक पटक शुन्यमै आउट भए । कुशल मल्लले पनि मात्र १ रनमा आउट भए, जति बेला नेपालको स्कोर मात्र ३ रन थियो ।

तर शरद भेषावकरले पारी सम्हाले । उनले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा आउट भए । त्यसपछि आरिफ शेखले अर्को महत्वपूर्ण साझेदारी गरे । उनले ७४ रनको साझेदारी गरे ।

आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो । पवन शरार्फले खाता नै खोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए ।

अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएपछि नेपाल अलआउट भयो ।

लगातार क्रिकेटमा टिकिरहेका शरद अन्तिम बल अघि ८९ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment