+
+
Shares

कीर्तिपुरमा सचिन तेन्दुलकरको ब्याटिङ (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ कात्तिक ३० गते ११:५४

३० कात्तिक, काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेलहरू भइरहन्छन् । त्यहाँ हुने खेलमा अक्सर दर्शकहरूको केन्द्रमा कुनै टिम हुन्छ र उनीहरू आफ्नो टिम जिताउन हौसला प्रदान गरिरहेका हुन्छन् ।

शनिबार बिहान बालबालिकाहरूसँगको खेलमा भने एक व्यक्ति दर्शक र सञ्चारकर्मीको आकर्षणको केन्द्रमा रहिरहे ।

क्रिकेटप्रेमीका चिरपरिचित अनुहार सचिन तेन्दुलरकर मैदानमा उत्रिएपछि सबैको आकर्षणको केन्द्र बनेका हुन् ।

शुक्रबार राति गोप्य रूपमा काठमाडौं आइपुगेका सचिनले शनिबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा आयोजित मैत्रीपूर्ण खेलमा बालबालिकाहरूसँग खेलेका हुन् । उनले जारी खेलमा व्याटिङ गरेका छन् ।

सचिन बालबालिकाको एक टिमको नेतृत्व गर्दै मैदानमा उत्रिरहँदा उनको पक्षमा हुटिङ गर्दै दर्शकले साथ दिइरहेका छन् ।

सचिनले एक समूहको नेतृत्व सम्हालिरहँदा अर्को टिमको नेतृत्व नेपाली क्रिकेटर विनोद दासले सम्हालिरहेका छन् । यसले कीर्तिपुर क्रिकेट मैदानको रौनक बढाइरहेको छ ।

बाल अधिकारको प्रवर्द्धनका लागि कीर्तिपुरमा बालवालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आइपुगेका हुन् ।

हरेक बालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?