Comments Add Comment

सैनिक जवानको मृत्युको विरोधमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

१ मंसिर, चितवन । प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु भएको विरोधमा स्थानीयले अवरुद्ध गरेको पृथ्वी राजमार्ग खुलेको छ । घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि सडक खुलेको चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

पीडित परिवार, चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि र प्रहरीबीचको वार्ताले घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गर्ने सहमति गरेपछि सडक खुलेको हो ।

शनिबार राति इच्छाकामना गाउँपालिकाको जात्रा हेरेर फर्किने क्रममा इच्छाकामना गाउँपालिका– ५ मुग्लिन घर भएका सैनिक जवान राम कँडेलले होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तर आइतबार विहान उनको मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै विरोधमा राजमार्ग अवरुद्ध पारेका हुन् ।

प्रहरीले भने कँडेलले प्रहरीलाई समेत दुव्र्यवहार गरेकाले पक्राउ गरेको र प्रहरी चौकीबाट भाग्ने क्रममा लडेर गम्भीर घाइते भएको र उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment