+
+
Shares

धेरै आँप एकै पटक घरमा ल्याएर सुरक्षित राख्ने ५ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १६:३९

अहिले आँपको सिजन छ । सुपर मार्केटेखि फलफूल पसल र चोक तथा फुटपाथमा राखिएका टोकरी तथा साइकलमा समेत थरीथरीका आँपले भरिएको देखिन्छ । जताततै आँप देखेपछि खान मन लागिहाल्छ । अहिले धेरैका घरमा आँप टुट्दैन ।

हरेक दिन अलिअलि किनेर खानु भन्दा फलफूलको थोक बजारमै पुगेर एकै पटक टोकरी नै वा १०–१२ किलो आँप किन्नेहरू पनि हुन्छन् । कसैकसैलाई कतैबाट एकै पटक धेरै आँप कोसेलीको रूपमा आएको पनि हुन्छ । यसबाहेक गाउँतिरबाट एकै पटक मगाएर पनि घरमा ठूलो मात्रामा आँप भित्र्याइन्छ ।

यसरी एकै पटक धेरै किन्दा वा गाउँबाट एक टोकरी आँप मगाउँदा फाइदा नै हुन्छ । एक त ताजा खान पाइने भयो । अर्को फाइदा भनेको धेरै मात्रामा किन्दा सस्तो पनि पाइन्छ । तर यसमा चिन्ताको विषय हुन्छ– भण्डारणको ।

यदि तपाईंले एकैचोटि धेरै आँप किन्नुभएको छ र तिनीहरूलाई भण्डारण गर्नेबारे चिन्तित हुनुहुन्छ भने, यी उपायहरू उपयोगी हुन सक्छन् ।

१.सबै आँपलाई एकै ठाउँ नराख्ने

धेरैजसो मानिसहरूले आफूले ल्याए जतस आँपहरू एउटै भाँडोमा एकै ठाउँ राख्ने गर्छन्, जुन गत तरिका हो । यसो गर्दा एउटा आँप बिग्रिएको छ भने त्यसको कारणले सबै बिग्रिन सुरु गर्छन् । यस कारण सकेसम्म त आँपका प्रत्येक दानालाई एकअर्का नछुनी गरी राख्नु राम्रो हुन्छ ।

२.काँचो र पाकेको आँपलाई फरक–फरक ठाउँमा राख्ने

यदि सबै दाना छुट्टाछुट्टै राख्न सम्भव छैन भनेअलि धेरै पाकेकोलाई एक ठाउँ, कम पाकेकोलाई अर्को ठाउँ र काँचो रहेकालाई अर्को ठाउँ गरी छुट्टाछुट्टै राख्नुपर्छ । पाकेको आँपले इथिलीन ग्यास छोड्छ, जसले अन्य आँपहरू पनि एकै पटक पाक्ने हुन्छ । एकै पटक पाकेमा एकै पटक खान सम्भव हुँदैन र बिग्रिन्छ ।

३.फ्रिजमा राख्ने

आँप पूर्णरूपमा पाकेपछि, तिनीहरूलाई फ्रिजमा राख्नुहोस् । चिसो तापक्रमले पाक्ने प्रक्रियालाई ढिलो गर्छ र आँप ५-७ दिनसम्म ताजा रहन सक्छ। यद्यपि, फ्रिजमा काँचो आँप राख्नु हुँदैन ।

४.पत्रिकाको प्रयोग

तपाईं आँपलाई पत्रिका बेर्न पनि सक्नुहुन्छ । यसले आँपमा हावाको प्रवाह पनि हुन्छ र छिट्टै संक्रमण हुन पनि पाउँदैन । जसले गर्दा आँप चाँडै कुहिनुको सट्टा प्राकृतिक रूपमा पाक्छ । काँचो आँपलाई पत्रिकामा राख्नु राम्रो उपाय हो ।

५.तातो ठाउँमा नराख्ने

प्रत्यक्ष घाम पर्ने र धेरै गुम्सिने ठाउँमा आँप भण्डारण गर्नुहुँदैन । यसले आँपलाई चाँडै गलाउँछ र बिगार्छ । साथै, लामो समयसम्म प्लास्टिकको झोलामा भण्डारण गर्नु हुँदैन । भण्डारण गर्नु अघि आँपलाई पखाल्नु पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?