News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सामाजिक सञ्जालमा विचार सार्वजनिक गरेकी छन् ।
- उनले पार्टीभित्रको संकटको कारण अध्यक्ष ओली मात्र नभएको बताउँदै "आजको यो समाजमा कसैको लागि बा समस्या हुन् । तर बा मात्र समस्या होइन," भनिन् ।
- नेताहरू शंकर पोखरेल र योगेश भट्टराईलाई झाँक्रीले ".. अध्यक्षको साथ छोड्ने होइन, साथमा लिएर जानुस्," भन्दै सहकार्य गर्न आग्रह गरिन् ।
३१ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउमा स्टाटस लेखेकी छन् ।
महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईको तस्वीर राखेर झाँक्रीले संकटको कारण ओली मात्र नभएको तर्क गरेकी छन् । ‘आजको यो समाजमा कसैको लागि बा समस्या हुन् । तर बा मात्र समस्या होइन,’ उनले लेखेकी छन्, ‘समस्या धेरै छन्, भित्र र बाहिर दुवैतिर, समाजमा अनि हामी कार्यकर्तामा पनि छन् ।’
झाक्रीले भूलबस ओलीलाई ‘बा’ नलेखेको प्रष्टीकरण पनि दिएकी छन् । ‘मैले यहाँ दाइहरु, बा भनेर लेखेको छु, तर भूलबस लेखेको होइन,’ झाँक्रीको प्रष्टोक्ति छ, ‘जानी जानी लेखेको छु ।’
अनेरास्ववियुका पूर्व अध्यक्षहरु पोखरेल र भट्टराईलाई कमरेडको रुपमा नभएर एउटा बहिनी भएर लेखेको पनि उनको भनाइ छ । ओली मात्र अहिलेको समस्या नभएको सम्झाएर झाँक्रीले सहकार्यमा जोड दिएकी छन् । ‘.. अध्यक्षको साथ छोड्ने होइन, साथमा लिएर जानुस्,’ झाँक्रीले लेखेकी छन् ।
यस्तो छ उनको भनाइ

प्रतिक्रिया 4