फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले संविधान संशोधनका लागि सुझाव संकलन गर्न अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
- उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले गठन गरेको उपसमितिले सुझाव संकलनको कार्यतालिका तयार पार्नेछ ।
- कार्यदलको बैठकले संविधान संशोधनका अन्तर्वस्तुबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।
३१ जेठ, काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि सुझाव संकलन गर्न अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको संविधान संशोधन सुझाव कार्यदलले उपसमिति बनाउने निर्णय गरेको हो ।
उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहनेछन् ।
उपसमितिले सुझाव संकलन कार्यतालिका तयार पार्ने लगायत काम गर्नेछ ।
सरकारले संविधान संशोधनको पहल अगाडि बढाएपछि एमालेले उपाध्यक्ष पौडेलको नेतृत्वमा छुट्टै कार्यदल बनाएको थियो ।
कार्यदलको आज बसेको बैठकले संविधान संशोधनका अन्तर्वस्तुबारे अन्य राजनीतिक दलहरुसँग सम्वाद गर्ने पनि निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4