News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको मुसिकोट नगरपालिका–३ स्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालक लुकबहादुर गन्धर्वको मृत्यु भएको छ ।
- घटनास्थलमा प्रहरी टोली खटिएर सुरक्षित गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३१ जेठ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–३ टेगाका ११ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ।
मुसिकोट नगरपालिका–३ पेगा निवासी विक्रम गन्धर्वका छोरा लुकबहादुर गन्धर्वको लसाहस्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठुलापोखराबाट प्रहरी सहायक हवल्दार धनबहादुर चौधरीको कमाण्डमा टोली खटिई घटनास्थल सुरक्षित गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4