+
+
Shares

गुल्मीमा पुनर्योगपछि एसईईमा २ जना विद्यार्थीले पाए ४ जीपीए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ६:४५

२९ जेठ, गुल्मी । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुनर्योग (रि–टोटलिङ) नतिजापछि गुल्मीमा थप दुई जना विद्यार्थीले ४ जीपीए पाएका छन् ।

पुनर्योगपछि तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विशाल बिक र विश्वास थापाले ४ जीपीए प्राप्त गरेका हुन् ।

यससँगै जिल्लाका रेम्बो इङ्ग्लिस बोर्डिङ स्कुलबाट २ जना, महेन्द्र माध्यमिक विद्यालयबाट १ जना, रिडी माध्यमिक विद्यालयबाट १ जना, रेसुङ्गा माध्यमिक विद्यालयबाट १ जना,  शारदा माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले पनि ४ जीपीए हासिल गरेका छन् । विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

पुनर्योगबाट नतिजा सुधार भएसँगै विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा खुसी छाएको छ । उत्कृष्ट नतिजाले विद्यालयहरूको शैक्षिक गुणस्तर तथा विद्यार्थीको मेहनतलाई थप पुष्टि गरेको सरोकारवालाहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?