२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् । यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् ।
त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भए ।
नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी अवर्गीकृत भए । अवर्गीकृत विद्यार्थीको पुरक परीक्षा असार १ देखि ९ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।
प्रदेश अनुसार यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।
प्रतिक्रिया 4