News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद केपी खनालले गरिब र विपन्न परिवारका ५५ विद्यार्थीका लागि 'एमपी स्कलरसिप प्रोग्राम' अन्तर्गत छात्रवृत्ति घोषणा गरेका छन्।
- उनले '५५ विद्यार्थी, ५५ सपना' शीर्षकमा छात्रवृत्ति कार्यक्रमको लागि फारम भर्न एउटा लिंक सेयर गरेका छन्।
- उनले अभिभावकहरूले देखाएको आशालाई छात्रवृत्ति कार्यक्रममार्फत अभिभावकसम्म पुग्ने प्रयास गरेको उल्लेख गरेका छन्।
२ जेठ, काठमाडौं । रास्वपा सांसद केपी खनालले एसईई पास गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् ।
आफ्नो क्षेत्रका गरिब, जेहेनदार र विपन्न परिवारका विद्यार्थीहरूका लागि ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत उनले ५५ जना विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरेका हुन् ।
चुनावको बेलामा अभिभावकहरूले आफूप्रति देखेको आशालाई छात्रवृत्ति कार्यक्रममार्फत अभिभावकसम्म पुग्ने प्रयास आफूले गरेको उनले बताएका छन् ।
‘५५ विधार्थी , ५५ सपना’ शीर्षक दिएर उनले घोषणा गरेको पूर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी हुन उनले फारम भर्न भन्दै एउटा लिंक सेयर गरेका छन् ।
आफू बसोबास गरिरहेको नजिक पर्ने पालिकाको केन्द्र छनोट गर्न आग्रह गर्दै बाँकी विषयहरू भिडियो सन्देशमार्फत जानकारी गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4