0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

अनिल खत्री अनिल खत्री
२०८३ जेठ २४ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ मा लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • परीक्षणमा लागुऔषध सेवन गरेको पाइएपछि उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
  • पक्राउ परेका दुवै चालकमाथि थप अनुसन्धान गर्न गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

२४ जेठ, गुल्मी । गुल्मीमा लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित रिडी–रुद्रवेणी कालिगण्डकी करिडोर सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

लु १ ज १९९३ नम्बरको जिपका चालक सत्यवती गाउँपालिका–६ निवासी ३३ वर्षीय कृष्णप्रसाद राना र लु २ ख ६२२३ नम्बरको फोर्स गाडीका चालक गुल्मीदरबार गाउँपालिका–१ निवासी ४० वर्षीय रामबहादुर परियारको ‘मल्टी ड्रग स्क्रिन’ परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा उनीहरूले लागुऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

दुवैलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) बीरेन्द्र वीर विश्वकर्माले बताए ।

उनीहरूमाथि थप अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?