२९ मंसिर, काठमाडौं । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट बनाएको टिममा उनको विमती छ । उनले पार्टीभित्र यो तहको समूहबन्दीले मजबुत नबनाउने बताए ।
‘पार्टीभत्रिको एकताका लागि मैले भन्दै आएको थिएँ । तर अहिले जसरी समूहबन्दी गरियो यसमा मेरो सहमति छैन’ उनले अनलाइनखबरसँग भने,’ यो ढंगको समूहबन्दी गर्ने हो भने पार्टीलाई मजबुत बनाउँदैन ।’
अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका सल्लाहकार समेत रहेका खरेलले विधान महाधिवेशन अघिको पोलिट ब्युरो बैठकमा पदाधिकारी लगायत केन्द्रीय कमिटीको संख्या घटाउन नहुने धारणा राखेका थिए । पछि विधान महाधिवेशनले पदाधिकारी लगायतका संख्या घटाउने निर्णय गरेको थियो । यो निर्णय बदल्नुपर्ने भन्दै उनले हिजो बन्दसत्रको हलमा पनि कुरा उठाएका थिए । अहिले पदाधिकारी लगायतको संख्या यथावत् राख्दै केन्द्रीय कमिटीको पनि संख्या बढाउने निर्णय भएको छ ।
यो अवस्थामा खरेलले ओलीको टिमबाटै सचिवमा उठ्न खोजेका थिए । तर उम्मेदवारी दिने तयारी चलिरहेका बेलामा खरेललेको नाम ओलीको टिम अटाएन ।
खरेलले आफू स्वतन्त्र उम्मेदवारी दिने भएकाले सबैले आफूले सहयोग गर्ने अवस्था बन्ने बताए ।
प्रतिक्रिया 4