+
+
Shares

ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार

अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १२:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले अध्यक्षमा ओली, महासचिवमा शंकर पोखरेलको नाम टुंगो लगाएको छ।
  • उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ भने प्रदीप ज्ञवालीसँग छलफल जारी छ।
  • उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ र सचिवमा नौ जनाको नाम टुंगो लागेको छ।

२९ मंसिर काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ ।

अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ ।

यसैगरी उपमहासचिव पदमा लेखराज भट्ट, विष्णु रिमाल, र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो ।

९ सचिवमा भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो ।

ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ ।

पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?