News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ।
- उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ।
- उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी, सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा लगायतको नाम टुंगो लागेको स्रोतले बताएको छ।
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ ।
अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ ।
यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।
उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ ।
सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको स्रोतले बतायो ।
ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।
‘लगभग उम्मेदवारहरुको टुंगो लाग्यो तर छलफल जारी रहेकाले थोरै तलमाथि होला,’ स्रोतले भन्यो ।
प्रतिक्रिया 4