+
+
Shares

एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम

महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार हालसम्म १४ सय बढी फाराम वितरण भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ११:०९
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ ।

महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार हालसम्म १४ सय बढी फाराम वितरण भएको छ ।  फारम वितरणको समय १२ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने समय दिउँसो साढे १ बजेसम्म छ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?